Logo

उपाध्यक्षसहित एक दर्जन एमाले नेता ‘बेरोजगार’



Spread the love

uml-new-office

एमालेका चार उपाध्यक्षसहित दर्जन केन्द्रीय नेता जिम्मेवारी नपाएर ‘बेरोजगार’ बनेका छन् । अघिल्ला दुई सरकारमा सहभागी पूर्वमन्त्रीहरुलाई एमालेले अझै काम नदिँदा उनीहरु बेरोजगार बनेका हुन्।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार र पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीमध्ये धेरैलाई एमालेले पार्टी कामको कुनै जिम्मेवारी दिएको छैन। उपाध्यक्षहरु भने पुरानो संरचनाको विकास क्षेत्र र अञ्चल कमिटी खारेज भएपछि दुई महिनायता जिम्मेवारीविहीन छन्।
उनीहरुलाई भूगोल वा केन्द्रीय विभाग कतैको पनि जिम्मेवारी तोकिएको छैन।
केहीले महाधिवेशन सकिएको दुई वर्ष बितिसक्दा पनि परिभाषित जिम्मेवारी पाएका छैनन् । एमाले सचिव तथा संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जिम्मेवारीविहीन नेताहरूलाई स्थायी समितिले नयाा जिम्मेवारी दिने बताए ।‘केही नेता सरकारको कामको सिलसिलामा हुनुभएकाले तत्कालै काम नपाउनुभाको हो, तर स्थायी समितिले उहााहरूबारे छिट्टै निर्णय गर्नेछ,’ गुरुङले भने ।१३ चैत ०७१ मा बसेको केन्द्रीय कमिटी बैठकले एक सय ८५ सदस्यीय केन्द्रीय कमिटीको कार्यविभाजन गर्दै कामको जिम्मेवारी बााडफााड गरेको थियो । तर, पनि अझै एक दर्जनभन्दा बढी नेता ‘बेरोजगार’ देखिएका हुन् ।

तत्कालीन प्रधानमन्त्री कोइराला नेतृत्वको सरकारमा मन्त्री भएका पोलिटब्युरो सदस्यहरू लालबाबु पण्डित, महेन्द्रबहादुर पाण्डे, राधा ज्ञवाली र दलबहादुर रानाले अझै जिम्मेवारी पाएका छैनन् । त्यस्तै, तत्कालीन कृषिमन्त्री हरि पराजुली पनि अझै बेरोजगार छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ

प्रतिक्रिया दिनुहोस्