Logo

गुल्मीमा एक वृद्ध आफ्नै ओछ्यानमा मृत फेला, एक जना पक्राउ



Spread the love

९ फागुन, गुल्मी । गुल्मीमा एक वृद्ध आफ्नै ओछ्यानमा मृत फेला परेका छन् ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्वर तीनका ८७ वर्षीय पुरुष नन्द कुमार ज्ञवाली आफ्नै ओछ्यनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गएराती उनको शव आफ्नै ओछ्यानमा फेला परेको हो ।

उक्त घटना रहस्यमय देखिएकाले एक जनालाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले सल्लेरी खबरलाई बताए ।

घटनाबारे थप अनुसन्धान थालिएको गुल्मी प्रहरीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्