Logo

मुलुक निर्वाचनमय बन्दै छ, सिके र विप्लवसँग वार्ता हुँदैछ : नेता अर्याल



Spread the love

९ फागुन, गुल्मी । नेकपा ओली समुहका केन्द्रीय सदस्य राजेन्द्र अर्यालले मुलुक निवार्चनमय भएको बताएका छन् । ओली समुहको नेपाल प्रेस संगठन जिल्ला शाखा गुल्मीले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन ।

मुलुक निर्वाचनमय भएको र निवार्चन आयोगले पनि सोही अनुरुप आन्तरिक तयारी गरिरहेको अर्यालले बताएका छन् । उनले तीनै वटा सुरक्षा निकाय निवार्चनको लागि सदैव तयार रहेको उल्लेख गरेका छन् ।

प्रमुख प्रतीपक्ष दल नेपाली काग्रेंस पनि निवार्चनकै पक्षमा रहेको बताउदै प्रचण्ड-माधव समुहलाई लक्षित गर्दै केही मानिसहरुले बाहिर निवार्चन गराउन हुन्न भन्दै हिडेतापनि भित्रभित्रै निवार्चनको तयारी गरेको दावी समेत गरे ।

त्यस्तै सिके राउत र विप्लवलाई वार्तामा ल्याउने तयारी भइरहेको जानकारी दिँदै चुनावमा संयुक्त मोर्चाबन्दी हुने संकेत समेत नेता अर्यालले दिएका छन् ।

फरक प्रंसगमा उनले उपराष्ट्रपतिलाई गुल्मी क्षेत्र नम्वर दुइमा चुनाव लड्न् चुनौती दिएका छन् । ‘राष्ट्रपति-उपराष्ट्रपति गणन्तत्रका प्रतीक हुन् । त्यसकारण उहाँहरुले गणन्तत्रको रक्षा गर्नुपर्छ ।’ उनले भने, ‘पछिल्लो समय उपराष्ट्रपतिले पदीय मर्याद भन्दा बाहिर गइ राजनीति गर्दै हुनुहुन्छ । राजनीतिनै गर्ने भए चुनाव लड्न गुल्मी क्षेत्र नम्वर दुइमा आउनुहोस् । चुनावले हारजित देखाउला र सँगै राजनीति गरौँला ।’

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्