Logo

हावाले गर्भवती बनायो भन्ने महिलाले १ घण्टापछि छोरा जन्माइन



Spread the love

११ फागुन, एजेन्सी । २५ वर्षकी एक युवतीले आफूलाई हावाले गर्भवती बनाएको अनौठो दावी गरेकी छिन् । ती युवतीले यस्तो दावी गरेको १ घण्टापछि छोरीलाई जन्म दिएकी छिन् । इण्डोनेसियाको पुलिसले अब यो विचित्र दावीबारे अनुसन्धान थालेको छ । द सनको रिपोर्टअनुसार सिती जाइना नामकी २५ वर्षकी यी युवतीले गत हप्ता पश्चिमी जाभाको सियान्जुरमा छोरी जन्माएकी हुन् ।

उनले स्थानीय मिडियासँग कुरा गर्दै आफू घरको बैठक कोठामा बसिरहेका बेला आफू हावाको झोक्काबाट गर्भवती भएको बताएकी हुन् । त्यसको १ घण्टामा उनले छोरी जन्माइन् । सितीले भनिन् ‘दिउँसोको प्रार्थनापछि म घोप्टो परेर सुतिरहेकी थिएँ त्यही बेला अचानक मैले एउटा हावाको झेक्का मेरो योनीभित्र प्रवेश गरेको महसुस गरें ।’ सितीका अनुसार त्यसको १५ मिनेटपछि उनको पेट दुख्न थाल्यो । दुखाइ बढी नै भएपछि उनी स्थानीय सामुदायिक स्वासथ्य क्लिनिकमा गइन् जहाँ उनले छोरी जन्माइन् ।

प्रतिक्रिया दिनुहोस्