Logo

गाडिएको अवस्थामा भेटियो बालिकाको शव, आमासहित पाँच पक्राउ



Spread the love

११ फागुन, रुपन्देही। रुपन्देहीमा हत्या आशंकामा गाडिएको एक बालिकाको शव उत्खनन् गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ३ हरहरवा गाउँकी एक वर्षकी बालिकाको मृत्यु शंकास्पद भएको आशंकामा उत्खनन् गरी पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवा पठाइएको छ ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब सत्यनारायण थापाले बालिकाको शव आफन्तहरूले दानव खोला नजिक शंकास्पद ठाउँमा गाडेको र उत्खनन् गरी हेर्दा घाँटीमा शंकास्पद दाग देखिएकाले पोष्टमार्टमको लागि भीम अस्पताल भैरहवामा पठाइएको जानकारी दिए।

मृतक बालिकाकी आमा प्रेमा यादवले आइतबार पहिले छोरीको हत्या गरी आफूले पनि आत्महत्या गर्ने मनसायले छोरीको घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रेमाले छोरीको हत्या गरी कोठामा रहेको पंखामा डोरी झुण्डाई आत्महत्या गर्न खोज्दा डोरीमार्फत् आत्महत्या गर्ने प्रयास गरेको उनको नन्दले देखेर डोरी काटेर उद्दार गरी बचाएको प्रहरीले जनाएको छ।

प्रहरीले बालिकाको हत्या गरी गुपचुप गाडेको भन्दै बालिकाको हजुरबुवा अन्दाजी ५५ वर्षीय बुद्धिराम यादव, हजुरआमा अन्दाजी ४५ वर्षकी राजमती यादव, बालिकाको बुवा २२ वर्षीय राजकुमार यादव, प्रेमाको साथी लुम्बिनी साँस्कृतिक नगरपालिका ९ का २६ वर्षीय प्रदीप चौधरी र प्रेमालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।

बालिकाको शव भने पोष्टमार्टमको लागि भीम अस्पताल भैरहवामा राखिएको प्रहरीले जनाएको छ। सेतोपटीबाट

प्रतिक्रिया दिनुहोस्