Logo

फेरि ह्यातै बढ्यो सुनको मूल्य, नेपाली बजारमा कति पुग्यो ?



Spread the love

११ फागुन, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले बढेको छ ।

सोमबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा १ हजार १ सयले बढेर ९० हजार १ सय रुपैयाँमा  कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य तोलाको ८९ हजार ६५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्