Logo

निर्वाचन सामग्री खरिद गर्न बोलपत्र आह्वान गर्दै आयोग



Spread the love

११ फागुन, काठमाडौं। निर्वाचन आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावकाे सामग्री किन्न प्रक्रियाअनुसार बोलपत्र आह्वान गरेको छ ।

आयोगले चुनावका लागि आवश्यक पर्ने २८ प्रकारका सामग्री किन्न बोलपत्र आह्वान गरेको छ । यी सामग्रीको मूल्य २५ करोड रुपैयाँ बराबरको हुने आयोगले जनाएको छ ।

आयोगले मतदान केन्द्रमा प्रयोग हुने विभिन्न निर्वाचन सामग्री खरिद गर्न बोलपत्र आव्हान गरी ७ दिनको सूचना निकाल्ने तयारी गरेको हो । आयोगका प्रवक्ता रामजकुमार श्रेष्ठका अनुसार निर्वाचन सामाग्री खरिद गर्न मंगलबार बोलपत्र आह्वानको सूचना गोरखापत्रमा प्रकाशन हुनेछ ।

आयोगले चुनावका लागि आवश्यक पर्ने ३६ प्रकारका सामग्रीमध्ये २१ प्रकारका सामग्री किन्नका लागि आज बोलपत्र आह्वान गरेको हो । आउँदो वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि चुनावका लागि आयोगले सामग्री खरिद प्रक्रिया अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्