Logo

रवि लामिछानेको नयाँ कार्यक्रम आजबाट सुरु



Spread the love

११ फागुन, काठमाडौँ ।चर्चित प्रस्तोता रवि लामिछानेले मंगलवारबाट नयाँ कार्यक्रम संचालन गर्ने भएका छन् ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल  शुभारम्भको घोषणा गरेका हुन् । सो टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा आधारित भएको लामिछानेले जानकारी दिए । 

न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेका उनको कार्यक्रम लोकप्रिय रहेको थियो भने नयाँ टेलेभिजन खोल्नकै लागि भनेर उनी हालै सो संस्थाबाट बाहिरिएका थिए । 

उनले बिदा लिएपनि उक्त टेलिभिजनले सोही नाममा नयाँ प्रस्तोता राखेर कार्यक्रम चलाइरहेको छ। यस विषयमा उनका शुभेच्छुकहरूले विभिन्न किसिमले टिका टिप्पणी गरेपनि उनले भने मुख खोलेका छैनन् ।

सोमबार लामिछानेले सामाजिक सञ्जालमार्फत नयाँ कार्यक्रमबारे जानकारी दिएका हुन् । उनले ‘हाम्रो नयाँ यात्राको सुरुवात’ लेखेर एउटा तस्वीर फेसबुकमा पोस्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्