Logo

रवी लामिछानेको ‘ग्यालेक्सी फोरके’ मा महानायक हमाल देखि दीपकराज गिरीले कार्यक्रम चलाउने



Spread the love

काठमाडौं।  सञ्चारकर्मी रवि लामिछानेलगायतले नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ सञ्चालनमा ल्याउने घोषणा गरेका छन्।

काठमाडौंमा पत्रकार सम्मेलन आयोजनागरी गोरखा मीडिया नेटवर्कका साथै ‘ग्यालेक्सी फोरके’को घोषणा गर्दै प्रायः व्यंग्यात्मक शैलीमा प्रस्तुत हुने हाँस्य कलाकार एवम् निर्माता दीपकराज गिरी केही भिन्नै अवतारमा देखिँदैछन्।

उनी ‘क्राइम पेट्रोल’ नाम कार्यक्रम मार्फत सानोपर्दामा देखिन लागेका हुन् । मंगलबार एक कार्यक्रमका बीच संचारकर्मी रवि लामिछानेले ल्याएको नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ मार्फत दीपक ‘क्राइम पेट्रोल’मा देखिन लागेका हुन् ।

भारतीय टिभी सोनीबाट लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा केन्द्रीत ‘क्राइम पेट्रोल’सँग आधिकारी अनुमतिमा नेपालमा पनि यो श्रृखंला निर्माण हुन लागेको हो । कलाकार गिरी यसको होष्टको रुपमा देखिन लागेका हुन् ।

साथै रवि लामिछानेको नेतृत्वमा खुलेको टीभीमा राजेश हमालले ‘को बन्छ करोडपति’को दोस्रो सिजन चलाउने बताए भने दीपकराज गिरीले ‘क्राइम पेट्रोल’ ।

टिभी च्यानलमा रामायण, क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपती, सारेगम , लाल मोहर, सिधा कुरा, सम्बन्ध, फर्रइभर,आविष्कारलगायत कार्यक्रम आउने भएका छन्।

विजयकुमार, राजेश हमाल, दीपकराज गिरी, रमेश प्रसाई,  नवराज पराजुली, महावीर पुन लगायतले कार्यक्रम सञ्चालन गर्ने प्रबन्ध निर्देशक रवि लामिछानेले बताएका छन्।।

प्रतिक्रिया दिनुहोस्