Logo

चर्चित गायक शक्ति चन्दको लय तथा शब्दमा नयाँ गीत “पुर्बै रमाइलो ” बजारमा सार्बजनिक



Spread the love

लोक सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बहुचर्चित गायक शक्ति चन्दको  लय/शब्द तथा स्वर रहेको रमाईलो पाराको डान्सिङ लोक गित सार्बजनिक  भएको  छ । हमाल म्युजिक प्रा.लिको  प्रस्तुतिमा कमला घर्ती मगरको रमाईलो पाराको डान्सिङ लोक गित ”पुर्बै रमाइलो” बजारमा आएको छ ।बहुचर्चित गायक शक्ति चन्द र कमला घर्ती मगरको स्वर रहेको यस गितको म्युजिक भिडियोमा लय/शब्द शक्ति चन्दको  रहेको छ ।एक पछि अर्को सर्बप्रिय गित बजारमा ल्याउने म्युजिक कम्पनी हमाल म्युजिक प्रा.लिले फेरी अर्को उस्तै सुपरहिट लोक गितको म्युजिक भिडियो सार्बजनिक गरेको छ । सार्बजनिक भएको ”पुर्बै रमाइलो” म्युजिक भिडियोमा पछिल्लो समयमा सबैको मन जित्न सफल गायक शक्ति चन्दको उतिकै कर्णप्रिय स्वर रहेको छ । निर्देशक मौसम हिमालीको निर्देशनमा बनेको म्युजिक भिडियोमा करिश्मा ढकाल र तिलक शाहीको अभिनय देख्न सकिन्छ ।दुर्गा पौडेलले छायांकन गरेको गितलाई सुजन शाहीले सम्पादन गरेका छन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/nVNzoAPh2CY

प्रतिक्रिया दिनुहोस्