Logo

शैक्षिक प्रमाणपत्रका आधारमा इन्जिनियरिङ पढ्न ऋण



Spread the love

एनएमबी बैंकले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने भएको छ । पहिलो चरणमा एनएमबी बैंकले हिमालय कलेज अफ इन्जिनियरिङमा आईटी र इन्जिनियरिङमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने भएको छ। आजको कान्तिपुर दैनिकमा समाचार छ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका अध्यक्ष विष्णुप्रसाद शर्मा र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडलबीच शैक्षिक कर्जा योजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि शैक्षिक प्रमाणपत्र धितो राखेर पढ्न पाउने सुनिश्चित भएको छ ।

आर्थिक अभावले इन्जिनियरिङ पढ्न नसकेका ग्रामीण क्षेत्रका जेहेन्दार विद्यार्थीहरूले यो सुविधा लिन सक्ने कलेजका निर्देशक रामेश्वर अर्यालले बताए । विद्यार्थीलाई दिइने ऋणमा वार्षिक ५ देखि ८ प्रतिशत मात्र व्याज लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्