Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक



Spread the love

१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रबार साँझ ५ बजे बालुवाटारमा बस्ने जनाइएको छ ।

आजको बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने संभावना रहेको छ । गत फागुन ११ गतेको सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गर्दै मंगलबार विघटन बदर हुने फैसला सुनाएको थियो । सर्वोच्चले १३ दिनभित्र प्रतिनिधि सभाको अधिवेशन बोलाउन समेत परमादेशको आदेश जारी गरेको थियो ।

प्रधानमन्त्री ओलीले पुस ५ गते मन्त्रिपरिषदको बैठक डाकेर प्रतिनिधि सभा विघटनको सिफारिस गर्ने निर्णय गरेका थिए । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्