Logo

प्रचण्डलाई भेटेको भोलिपल्टै बालुवाटार पुगे वामदेव



Spread the love

१४ फागुन, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता अभियानका संयोजक वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

गौतम शुक्रवार दिउँसो बालुवाटार पुगेको उनका स्वकीयसचिव दीपक टमटाले जानकारी दिए ।पार्टी दुई समूहमा विभाजन भएयता गौतमले पार्टी एकता राष्ट्रिय अभियान चलाइरहेका छन् । उनले बिहीबार बिहान नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए ।

उनले हिजो दाहालसँगको भेटमा ओलीलाई राजीनामा दिन लगाउने र नेकपाकै नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्ने प्रस्ताव राखेका थिए । गौतमले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताईसकेका छन् । प्रतिनिधिसभा पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि नेताहरुको दौडधुप बढेको छ ।

उनले ओली र प्रचण्ड–नेपालबीच एकताको प्रस्ताव राखेको बताइन्छ । केही दिनअघि उनले एक विज्ञप्ति जारी गर्दै पार्टी एकताका लागि दुवै अध्यलाई आग्रह गर्ने जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्