Logo

युट्युब ट्रेन्डिङमा भागिरथको ‘फलाम पिटे तरवार’ (भिडियो सहित)



Spread the love

१४ फागुन, काठमाडाैँ । भागिरथ चलाउनेको गीत ‘फलाम पिटे तरवार’ युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । बुधबार भागिरथकै युट्युब च्यानबाट सार्वजनिक भएको उक्त गीत तेश्रो दिनमा नै ट्रेन्डिङको १४ नम्बरमा पर्न सफल भएको हो ।

उक्त गीतमा भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ भने चलाउने कै शब्द र संगीत रहेको छ । आशिष अविरलले संयोजन गरेको गीत रागा स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको भिडियोमा असिर प्रताप जंग र लोसिना लामिछानेले नृत्य गरेका छन् । दीपक गिरीले खिचेको भिडियो सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् ।

भिडियोको सम्पादन अमृत चापागाँइले गरेका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्