Logo

इलामका टीका मगरलाई ‘हल अफ फेम-२’को उपाधी



Spread the love

१६ फागुन, काठमाडाैँ । इलामका टीका मगरले एमएनटिभी अष्ट्रेलियाले सञ्चालन गरेको ‘हल अफ फेम-२’को उपाधी जितेका छन् ।

शुक्रबार भएको पाइनलमा अन्य २ जना प्रतिष्पर्धिहरूलाई पछि पार्दै टीका उपाधी विजेता घोषित भएका हुन् ।

फाइनलमा ललितपुरका पूर्ण विक, बुटवलका विजय सुनार र इलामका टीका मगरले प्रतिष्पर्धा गरेका थिए ।

उपाधि विजेता टीकाले एक लाख नगद पुरस्कार सहित एउटा अफिसियल गीत तथा भिडियो रेकर्ड गर्ने अवसर पाउनेछन् ।

विश्वभरका संगीत प्रेमीले सहभागिता जनाउन पाउने यो प्रतियोगितामा टीका मगरले मलेसियाबाट अडिसन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्