Logo

ककफाइटका लागि तयार गरिएको भालेको आक्रमणबाट मालिकको मृत्यु



Spread the love

१६ फागुन, काठमाडाैँ । भारतमा एउटा भालेले आफ्नै मालिकको ज्यान लिएको छ । भारतको तेलंगनामा ककफाइटका लागि खुट्टामा चक्कु बाँधिएको भालेले आफ्नै मालिकको ज्यान लिएको हो ।

ककफाइटका लागि तयारी गरिएको भाले भागेपछि मालिकले समाउने प्रयास गर्दा भालेको खुट्टमा बाँधिएको चक्कुले मालिकको पेट र तीघ्रामा लाग्दा उनको ज्यान गएको हो ।

प्रहरीका अनुसार अत्यधिक रक्तश्रावका कारण मालिकको मृत्यु भएको हो ।

तेलंगनमा केही दिन अघि १६ जना मिलेर भाले जुधाइ खेलेका थिए । उक्त खेलमा सहभागी अन्य १५ जनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्