Logo

पर्दा पछाडीका हिरो ओली (निर्माता तथा डिजाइनर)



Spread the love

काठमाडौं । एक दशकदेखि नेपाली चलचित्र क्षेत्रमा राज गरेका पर्दा पछाडीको हिरो हुन् निर्माता तथा डिजाइनर यम प्रसाद ओली । चलचित्र होस् वा अन्य म्युजिक भिडियो, सबैलाई उत्कृष्ट बनाउन ओलीको ठुलो योगदान रहन्छ ।

सुदूरपश्चिमको डडेलधुरा जिल्लामा जन्मिएका ओली सानै देखि डिजाइनिङ गर्न निकै रुचाउँथे । १२ को परिक्षा सकेर एक नयाँ सपना बोकेर घुम्न काठमाडौं छिरेका ओली केही समयपछि आफ्नो करियर काठमाडौंमै खोज्न थाले । काठमाडौं छिरेको ६ महिनामा मार्केटिङमा जागिर गरिसकेपछी आफ्नै गाउँको चिनेको दाइसँग नेपाली चलचित्रमा काम गर्ने अवसर पाए । नेसेस्सरी एक़ुइप्मेन्ट रेन्टमा अकाउन्ट र मार्केटिङ म्यानेजरको रुपमा काम गरेको ५ वर्षपछि त्यहिँ अफिसको सिनियर डिजाइनरको रुपमा उनले काम गर्न थाले ।

उनले चलचित्र ‘पार्वती’ बाट डिजाइनिङमा डेब्यु गरेका हुन् । त्यसपछि उनले आफ्नै होम प्रोडक्सनमा पनि डिजाइन गर्न थाले । सुरुसुरुमा म्युजिक भिडियोमा हात हालेका उनले बिस्तारै सर्ट मुभिमा पनि पाइला चाले । चलचित्र ‘पार्वती’मा उनले गरेको डिजाइनले निर्माता, निर्देशकको नजर तान्यो । त्यँहीबाट उनले फिल्मा पनि डिजाइजिङको यात्रा सुरू गरे ।

नेसेस्सरी एक़ुइमेन्ट रेन्ट छाडेर उनले आफ्नै फिल्म एक़ुइमेन्ट रेन्ट कम्पनी ‘माउन एव्रेस्ट इन्टरमेन्ट प्रालि. लिमिटेड सुरु गरेर आँफै रेन्टमा ब्यापार सुरु गरे । साथसाथै प्रोडक्सन डिजाइनरको कामलाई पनि उनले निरन्तरता दिए ।

नेपाली म्युजिक भिडियो ‘चन्चले नानी’, ‘तिम्रो माया लाग्छ कसम’,’स्वार्थ तिम्रो’, ‘झिमझिम परेलीमा’ लगायत दर्जनौं म्युजिक भिडियोलाई डिजाइन गरेका छन् । सर्ट फिल्म ‘साहारा, ‘१ प्रतिशत’, ‘हाम्रो नेपाल’, ‘पर्खाइ’ र ‘दृस्टी’ र नेपाली कथानाक चलचित्र ‘पुरानो बुल्लेट’, ‘सानो मन’, ‘बिजुली मचिने’, ‘स्कुल’, ‘होस्टेल’, ‘होस्टेल रिटन’, ‘जोनी जेन्टलम्यान’, ‘सानो मन’ र भोजपुरी फिल्म ‘दिवान-२’, ‘चालाल’ लगायत उनको डिजाइनका आउटकम हुन् ।

नेपाली बजारमा व्यापक भएपछि उनी बलिउडतर्फ पनि लम्किए । बलिउडमा ‘यार’, ‘ओन्नी’ लगायतमा काम गरेका ओलीले अन्य देशका युके टिभी सिरिज फरेन बडिज, बिबिसी युके टिभी सिरिज आवर गर्ल तथा बिबिसी युके सिरिज ब्ल्याक नार्किससमा पनि डिजाइनको काम गरेका छन् ।

ओलीले विभिन्न भाषाका चलचित्रमा निर्मता डिजाइनर भएर धेरै चलचित्र बनाएका छन् । उत्कृष्ट निर्माता डिजाइनरको अवार्ड पनि जितेका ओली अहिले नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरिरहेको ‘रामण’ र ऐतिहासिक धरहरा पुनर्निर्माणको काममा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्