Logo

आलोचना खेपिरहेको गुल्मी प्रहरीलाई ७ महिनामा २३ सफलता



Spread the love

१६ फागुन, गुल्मी । शान्ती सुव्यवस्था कायम राख्न नसकेको भन्दै पछिल्लो समय गुल्मी प्रहरी आलोचित बनिरहेको छ । केही ठुला जघन्य अपराधका दोषी पक्राउ गर्ने नसकेको भन्दै यहाँका राजनीतिक दल तथा नागरिक समाजले आलोचना गरेतापनि प्रहरी अनुसान्धनमै तल्लीन रहेको तथाङ्गले देखाएको छ ।

गुल्मी प्रहरीले पछिल्लो सात महिनामा सामान्य घटनादेखि लिएर जघन्य अपराधमा फरार रहेका २३ जना अभियुक्त लाई पक्राउ गर्न सफल भएको छ ।

अदालतको फैसलापछि फरार रहेका मुसिकोट नगरपालिकाका २ का ३२ वर्षीय विष्णु बहादुर परियारलाई प्रहरीले गत भदौ २३ गते पक्राउ गरेको छ । उनलाई अदालतले बहुविवाहको मुद्दामा ११ महिना १२ दिन जेल सजाय सुनाएको थियो ।

त्यस्तै सोहि स्थानका सरित भन्ने २८ वर्षीय सपन परियार पनि सोहि मितिमै पक्राउ परेका छन् । उनलाई पनि अदालतले बुहुविवाहकै मुद्दामा ११ महिना २५ दिन जेल सजाय सुनाएको थियो ।
त्यस्तै जबर्जस्ती करणीमा ४ वर्ष ११ महिना १० दिनको जेल सजाय तोकिएका धुर्कोट गाउँपालिकाका ४ का १९ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । उनलाई प्रहरीले गत असोज ११ गते पक्राउ गरेको हो ।

सरकारी छाप दरखस्त किर्ते बनाएको अभियोगमा ११ महिना ५ दिन जेल सजायको भागिदार बनेका मदाने गाउँपलिका २ का अजय झ्राँक्री भनिने ३३ वर्षीय गणेश झाँक्रीलाई गत असोज १६ गते प्रहरीले पक्राउ गरि कानुनी दायरामा ल्याउन सफल भएको छ ।

बहुविवाहको मुद्दामा अदालतले ११ महिना ८ दिन सजाय तोकेका गुल्मी दरबार गाउँपालिका १ का २८ वर्षीय बलराम सुनार गत फागुन ९ गते पक्राउ परेका छन् । त्यसैगरी चोरी, लेनदेन, झालसाँझी जस्ता विभिन्न मुद्दामा दोषी ठहर भई फरार अन्य १८ जना अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्