Logo

अब यात्रा गर्दा ‘भ्याक्सिन पासपोर्ट’ !



Spread the love

१७ फागुन, काठमाडाैँ । कोरोनाविरुद्धको खोप लगाइसकेपछि परिचयपत्र अथवा कतिपय देशमा चर्चा र तयारीको अवस्थामा रहेको ‘भ्याक्सिन पासपोर्ट’ को व्यवस्था समग्र विश्वले अवलम्बन गर्ला ?

खोप लगाएका र नलगाएकालाई पहिचान गर्ने विधि र हेर्ने दृष्टिकोण के होला ? खोपलाई स्वेच्छाको विषय मात्र बनाउँदा यसले महामारी नियन्त्रणलाई के प्रभाव पार्ला भन्नेमा मात्र होइन, विश्वभरि चासो छ । नेपालमा खोप लगाइसकेपछि खोप सर्टिफिकेट दिने भनिएको छ तर अन्यत्रजस्तो खोप लगाएका व्यक्तिको जानकारीसहित मोबाइल एपको विकास गरिएको छैन ।

अन्तर्राष्ट्रियरुपमा सर्वमान्य विधि तथा मापदण्ड नभए पनि केही देशले कोरानविरुद्ध खोप लगाएको प्रमाणपत्रको तयारी गरिसकेका छन् । डेनमार्क र स्विडेन भ्याक्सिन पासपोर्टको रुपमा चिनिने डिजिटल भ्याक्सिन सर्टिफिकेट प्रणाली सुरु गर्न अन्तिम तयारीमा छन् । खोप लगाएको प्रमाण आवश्यक हुने देशमा यात्रा गर्दा तथा स्वेदशमै यात्रा गर्दा यो प्रमाणपत्र उपलब्ध गराइनेछ ।

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्