Logo

प्रदेश १ को पहिलो सामुदायिक रेडियो स्टेशनमा आगलागी



Spread the love

१७ फागुन, सोलुखुम्बु । प्रदेश नम्बर १ को पहिलो सामुदायिक रेडियोको स्टुडियोमा आगलागी भएको छ । प्रदेशको पहिलो स्टुडियो सोलु एफ.एम. १०१.२ मेगाहर्जको स्टुडियोमा गएराती आगलागी भएको हो ।

रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धि नारायण श्रेष्ठले दिएको जानकारी अनुसार स्टुडियोबाट सुरु भएको आगोले रेकर्डिङसहित भवनसमेत जलेर नष्ट भएको छ । आगलागीबाट झण्डै एक करोड रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान छ ।

आगलागी कारण पत्ता लागेको छैन । नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा, रेडियोका कर्मचारीलगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

उक्त रेडियो २०६१ सालमा स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्