Logo

फागुन २३ गते ४ बजेलाई प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस



Spread the love

१७ फागुन, काठमाडौँ। मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको बैठक आगामी फागुन २३ गतेलाई बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा पुनस्र्थापनापछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले संसद् बैठकको आह्वानका लागि सिफारिसको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर, फागुन ११ गते सर्वोच्च अदालतले सरकारको उक्त कदम असंवैधानिक रहेको ठहर गर्दै पुनःस्थापना गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश गरेको थियो । त्यसपछि आजको बैठकले औपचारिक रुपमा २३ गते बैठक बोलाउने निर्णय गरेको हो । 

प्रतिक्रिया दिनुहोस्