Logo

जब राजधानीको सडकमा मान्छे नांगै दाैडिए (भिडियो)



Spread the love

१८ फागुन, एजेन्सी । इंग्ल्याण्डको राजधानी लण्डनको व्यस्त सडकमा मान्छे नांगै दाैडिएको भिडियोले अहिले अन्तर्राष्ट्र्रिय सञ्चार माध्यममा चर्चा कमाइरहेको छ ।

सडकमा एक जना व्यक्ति पूरा नांगै दाैडिएको र ती व्यक्तिको पछिपछि प्रहरीहरू दाैडिएको भिडियो अहिले भाइरल छ ।

पुलिस आएपछि २९ वर्षका रस स्प्रङहाम अघिअघि र पुलिस पछिपछि दौडिएका थिए । तीन जना पुलिस अधिकारीहरुले रसलाई लखेटिरहेका थिए ।

उक्त भिडियो एक जना डेलिभरी चालककले खिचेर इन्टरनेटमा अपलोड गरेका थिए । कुनै निश्चित ठेगाना नभएका स्प्रिङहामलाई वेस्टमिनिस्टर मजिस्ट्रेट अदालतमा अभद्र व्यवहार गरेको अभियोगमा दोषी ठहर गरिएको छ । उनलाई पुलिस हिरासतमा पठाइएको छ र अर्को महिना सजाय सुनाइनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्