Logo

माइक्रोले तीनवटा सवारीलाई ठक्कर दिँदा ९ जना घाइते



Spread the love

१८ फागुन, चितवन । माइक्रोबसले कार र मोटरसाइकललाई ठक्कर दिँदा नौजना घाइते भएका छन् ।

मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा२ ख ७९६७ नम्बरको माइक्रोले मुग्लिनतर्फ जाँदै गरेको बा २ च २८२४ नम्बरको कार तथा ना १७ प ४०१२ र ना २७ प ७०८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नौजना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज बिहान ११ बजे माइक्रोबस अनियन्त्रित हुँदा अन्य तीनवटा तीनवटा सवारीलाई ठक्कर दिएको छ भने माइक्रोबस सहित ४ जनालाई नियन्त्रणमा लिइएको छ

घाइतेहरुलाई उपचारक्रम लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्