Logo

उडिरहेको प्लनेमा नै गएको एक जनाको ज्यान



Spread the love

१८ फागुन, एजेन्सी । उडिरहेको प्लेनमा एक जनाको मृत्यु भएको छ । युएइको शर्जहाबाट भारतको लखनउ आउँदै गरेको इन्डिगो एयरलायन्सको ६इ१४१२ फ्लाइटमा ६७ वर्षीय हबिब उर रहमानको मृत्यु भएको हो ।

प्लेनमा सवार व्यक्ति सिकिस्त बिरामी भएपछि कराँचीको एयरपोर्टमा आकस्मिक अवतरणका लागि अनुमति मागिएको थियो । कराँचीको एयरपोर्टमा प्लेन अवतरण गरेता पनि उनको प्लेनमा नै मृत्यु भएको बताइएको छ ।

पाकिस्तानी अधिकारीहरूका अनुसार युएइबाट इरान हुँदै आएको प्लेनले बिहान ४ बजे पाकिस्तान प्रवेश गर्ने बित्तिकै अवतरणको अनुमति मागेको थियो ।

भारत र पाकिस्तानमा दुस्मनी भएता पनि मानवियताको हिसाबले त्यहाँ प्लेन अवतरण गर्न दिइएको अधिकारीहरूले बताएका छन् ।

बिहान ५ बजे अवतरण गरेको प्लेनबाट बिरामी यात्रु निकालेर उपचार गर्न लगिएता पनि उनको मृत्यु भइसकेको थियो ।

एयरपोर्टको सबै प्रक्रिया सकेर बिहान ८: ३६ बजे प्लेन पुनः भारतका लागि उडेको थियो ।

प्रतिक्रिया दिनुहोस्