Logo

सहरी विकासमन्त्री साहको निर्देशनमा किसानले लगाएको गहुँमा डोजर चलाइयो



Spread the love

१८ फागुन, राैतहट । सहरी विकासमन्त्री प्रभू साहको निर्देशनमा राैतहटमा किसानले लगाएको गहुँ नष्ट गरिएको छ । राैतहटको मौलापुर नगरपालिका वडा ५ मा महाशिवरात्रिको मेला आयोजन गर्नका लागि किसानहरूले लगाएका गहुँ बाली नष्ट गरिएको हो ।

मन्त्रीको निर्देशन अनुसार किसानको गहुँ बारीमा डोजर चलाइएको छ । फागुन २७ गते महाशिवरात्रीको मेला लगाउन करीब ३ बिघा जमिनमा लगाइएको गहुँमा डोजर लगाइएको हो ।

पहिले किसानहरूले मेला लगाउने ठाउँमा केही रोपेका थिएनन् । तर, अहिले योजना परिवर्तन भएर किसानले गहुँ रोपेकै बारीमा मेला गरिने भएपछि उनीहरूले लगाएको गहुँमाथि डोजर चल्यो ।

माैलापूरकी नगरप्रमुख मन्त्री साहकै पत्नी रिनादेवी साह हुन् । उनले बाली नष्ट गरेबापत क्षतिपूर्ति दिने र दिइरहेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्