Logo

नेपाली बजारमा १० हजारले सस्तियो सामसुङ एस २० प्लसको मूल्य



Spread the love

१८ फागुन, काठमाडाैँ । नेपाली बजारमा लोकप्रीय इलेक्ट्रोनिक ब्राण्ड सामसुङको एस २० प्लस मोडलको मूल्य सस्तिने भएको छ । एस सिरिज अन्तर्गत एस २१ प्लस र एस २१ अल्ट्रा ल्याए पश्चात् उक्त मोडलको मूल्य घट्ने बताइएको हो ।

अहिले उक्त सेटको मूल्य १ लाख ४ हजार ९९९ रहेको छ । अब कम्पनीका अनुसार १० हजार मूल्य कम हुँदा एस २० प्लस ९४ हजार ९९९ रूपैयाँ मै उपलब्ध हुनेछ ।

यो अफर मार्च महिना भरीका लागि मात्रै सिमित गरिएको जनाइएको छ । अत्याधुनिक डिस्प्ले, सुधार गरिएको क्यामेरा र आकर्षक डिजाइनका लागि तमहिना सार्वजनिक गरिएको एस सिरिजका एस २१ प्लस र एस २१ अल्ट्रा अत्यधिक रूचाइएको छ ।

प्रतिक्रिया दिनुहोस्