Logo

प्रचण्डले पनि लगाए कोरोनाविरुद्दको खोप



Spread the love

१९ फागुन, काठमाडौं। नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर प्रचण्डले केही समयअघि खोप लगाएका हुन्।

साथै सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप लगाएका छन् । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सांसदहरुले कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदहरुलाई खोप लगाइनेछ ।

साथै प्रतिनिधि सभा र राष्ट्रिय सभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कर्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि खोप लगाइने छ ।

प्रतिक्रिया दिनुहोस्