Logo

प्रधानमन्त्री ओलीले एक महिना गैँडा पाल्ने



Spread the love

२० फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा संरक्षित गैँडाका लागि अभिभावकत्व ग्रहण गर्दै एक महिनाको खाना खर्च निजी खर्चबाट व्यहोर्ने घोषणा गरेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्व वन्यजन्तु दिवसका उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले वन्यजन्तुप्रतिको प्रेमभाव दर्शाएका हुन् ।
प्रधानमन्त्री ओलीले चिडियाखानामा राखिएका जनावरका लागि सरकारले वर्षभरिको खाना खर्च व्यहोर्दै आएको र आफूले एक महिनाका लागि गैँडाको खाना खर्च व्यहोर्ने घोषणा गरी संरक्षणकर्तालाई उत्साहित तुल्याए ।

उनले भने, “प्रधानमन्त्रीका हैसियतले आफूले सरकारबाट पाउने रकम वर्षभरिको सबै कोरोना संक्रमण कोषमा दिएकाले श्रीमती राधिका शाक्यको निवृत्तिभरणबाट आउने रकमबाट गैँडाका लागि एक महिनाको खाना खर्च दिनेछौँ ।”

प्रतिक्रिया दिनुहोस्