Logo

नेपाल प्रहरी र तस्करबीचको दोहोरो भिडन्तमा एक भारतीयको मृत्यु



Spread the love

२१ फागुन, कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा बिहीबार साँझ तस्करी कार्यमा संलग्न भारतीय युवा र नेपाल प्रहरीबीच दोहोरो भिडन्त हुँदा भारतीय पक्षका युवक मारिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपाल प्रहरीमाथि भारतीय तस्कर गिरोहले बेलौरी नगरपालिका– ७ पौलाहास्थित नेपाल–भारत सीमा क्षेत्रमा फायर गरेका जनाए । जवाफी फायरमा प्रहरीले चलाएको गोलीबाट भारतीय युवक मारिएका हुन् । मृतकको अन्दाजी २५ वर्षीय भारतीय युवकको साथबाट नक्कली नोट छाप्ने मेशिन, कागजात र लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

घटनापछि नायब उपरीक्षक थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

प्रतिक्रिया दिनुहोस्