Logo

विप्लवले प्रधानमन्त्रीसँगै एकै मञ्चमा उभिएर सम्बोधन गर्न



Spread the love

२१ फागुन, काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सरकारको वार्ता सफल भएसँगै विप्लवले काठमाडौँको राष्ट्रिय सभागृहबाट सम्बोधन गर्दैछन् ।

सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको तर्फबाट महासचिव विप्लवले हस्ताक्षर गर्दैछन् ।

शुक्रबार दिउँसो २ बजे विप्लवले प्रधानमन्त्रीसँगै एकै मञ्चमा उभिएर सम्बोधन गर्न लागेका हुन् । ओली सरकारले भने विप्लव माओवादीलाई प्रतिबन्ध लगाएको २ वर्षमै शान्ति प्रक्रियामा ल्याएको हो । विप्लव शुक्रबार बिहान नै राजधानी आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्