Logo

बामदेव गाैतमलाई भेट्न प्रधानमन्त्री ओली भैँसेपाटीमा



Spread the love

२१ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उपाध्यक्ष वामदेव गौतमको स्वास्थ्य अवस्था बुझेका छन् ।

उनले गौतमको निवास भैँसेपाटी पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए । प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमालसमेत पुगेका थिए ।

गौतमका स्वकीय सचिव दीपक टमटाका अनुसार केहीदिन अघि घरभित्र लडेर उनलाई सामान्य चोटपटक लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्