Logo

विप्लव नेतृत्वको नेकपाका नेता पुन र कुमाल रिहा



Spread the love

२२ फागुन, काठमाडाैँ । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीचको तीन बुँदे सहमति सार्वजनिकसँगै आज सो पार्टीका नेता ओमप्रकाश पुन र विवेक कुमाल कैलाली कारागारबाट रिहा भएका छन् ।

सो पार्टीको पूर्व सेती महाकाली ब्यूरो इन्चार्जसमेत पुन गत साउनमा पक्राउ परेका थिए । कारागारबाट रिहापछि उनले आफूहरुको राजनीतिक कार्यसूची परिवर्तन नहुने र अब नेपालमा नयाँ राजनीतिक कोर्ष अगाडि बढ्ने प्रतिक्रिया दिए ।

नेता पुनलाई हात हतियारसम्बन्धी र कुमाललाई सङ्गठित अपराधसम्बन्धी मुद्दा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्