Logo

काश्‍मीर एकता दिवसमा बम विस्फोट, दुई जनाको मृत्यु



Spread the love

इस्लामावाद । पाकिस्तानमा काश्‍मीर एकता दिवस मनाइरहेको र्‍यालीमाथि बम विस्फोट गराइएको छ ।

क्वेटाको इन्स्कम्ब रोडमा डिसी कार्यालय नजिकै भएको विस्फोटनमा दुई जनाको मृत्यु भएको हो । उक्त विस्फोटमा थप चारजना घाइते भएको पाकिस्तानी सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।

बलुचिस्तानको सिबी जिल्लामा भएको एउटा विस्फोटको दुईघण्टा पछि क्‍वेटामा अर्को विस्फोट भएको थियो । प्रहरी अधिकारी र प्रत्यक्षदर्शीहरुले विस्फोटमा घाइते भएकाहरुलाई क्वेटा सिविल अस्पताल पुर्‍याएका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अरबब कामरानका अनुसार दुईजनाको मृत्यु भएको जानकारी दिएका हुन् । घाइते चार जनाको उपचारका भइरहेको उनले बताएका छन् । क्वेटाका डिप्टी कमिश्नर सेवानिवृत्त मेजर औरंगजेब बादिनीले डन न्यूजलाई क्युटा ब्लास्ट काश्मीर एकता दिवसको जुलुसमा लक्षित गरिएको बताएका छन् ।

विस्फोटको जिम्मा भने कसैले पनि लिएका छैनन् । बलूचिस्तानका गभर्नर जस्टिस जस्टिस अमन उल्ला खां यासिन्जाईले घटनाको निन्दा गरेका छद्द् । उनले भने, “अपराधीहरु देशको अखण्डतालाई हानि पुर्‍याउन चाहन्छन ।”

प्रतिक्रिया दिनुहोस्