Logo

८ वर्षका बालकलाई गोहीले निल्यो, पेट चिरेर बाहिर निकालियो



Spread the love

२४ फागुन, एजेन्सी । गोहीले निलेको एक जना बच्चालाई गोहीको पेट चिरेर बाहिर निकालिएको छ । २६ फिट लामो गोहीले निलेको ८ वर्षीय बालकको शव गोहीको पेट चिरेर बाहिर निकालिएको हो ।

यो घटना इन्डोनेसियाको हो । बुबासँग माछा मार्न गएका ८ वर्षीय दिमास मुल्कान सपुत्रालाई गोहीले निलेको हो ।

खोलामा हराएपछि गाउँलेहरूले ती बालकको खोजी सुरू गरे । हराएको एक दिनपछि उनको मृत शरीर गोहीको पेटमा भेट्टियो ।

इन्डोनेसियाको टेम्पाकुल नदीमा माछा मारिरहेको अवस्थामा उनी गोहीको शिकार भएका थिए । ८ वर्षिय बालकलाई गोहीले लगेको देखेपछि उनी र गाउँले गोहीको खोजिमा लागेका थिए ।

२६ फिट अर्थात् लगभग ६ मिटर लामो गोहीले साना दिमासलाई चपाउँदा पनि नचपाइ निल्यो ।

बच्चा हराएको अर्को दिन अर्थात् मार्च ४ मा गोही फेला पर्यो । त्यसपछि उक्त गोहीको पेट काटेर दिमासको शव निकालियो ।

प्रतिक्रिया दिनुहोस्