Logo

बच्चा बोकेर ड्युटि निभाइरहेकी महिला ट्राफिकको भिडियोको चर्चा



Spread the love

एजेन्सी । भारतमा बच्चा बोकेर ड्युटि निभाइरहेकी महिला ट्राफिकको भिडियो अहिले इन्टरनेटमा चर्चाको विषय बनेको छ ।

व्यस्त सडकमा बच्चा समाउँदै ड्युटि निभाइरहेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।उक्त भिडियो भारतको चन्ढीगढको हो । ती भिडियोमा बच्चा सहित देखिएकी ट्राफिक महिलाको नाम प्रियंका हो । उनी चन्ढीगढको १५/२३ सेक्टर अन्तर्गत काम गर्छिन् ।

एक दिन उनी बच्चा सहित ड्युटिमा पुगिन् । सोही समय सोही ठाउँका बासिन्दाले उनको भिडियो खिचेर इन्टरनेटमा अपलोड गरे । त्यसपछि यसको चर्चा हुन थाल्यो ।

सो भिडियोको कमेन्टमा उनको कामप्रतिको जिम्मेवारीको प्रशंसा गरिएको छ भने केहीले कामको समयमा बच्चा नल्याउनु उत्तम हुने भन्दै सुझाव दिएका छन् ।

कमेन्टमा कतिपयले प्रियंका जस्ता आमाहरूलाई काम गर्ने सहज वातावरण नभएक भन्दै कार्यप्रणालीको आलोचना गरेका छन् ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्