Logo

म्यानमारको सैनिक विरूद्धको प्रदर्शनमा पहिलोपटक नेपालीभाषीको मृत्यु



Spread the love

२४ फागुन, काठमाडाैँ । म्यानमारमा सैनिक विरूद्ध भएको प्रदर्शनमा सहभागी एक जना नेपाली भाषीको मृत्यु भएको छ । सैनिकले सत्ता कब्जा गरेपछि भएको विरोध प्रदर्शनमा पहिलो पटक नेपाली भाषीको मृत्यु भएको हो ।

त्यहाँ मृत्यु हुनेमा ४२ वर्षीया नेपालीभाषी सानोभाइ विश्वकर्मा रहेका छन् । उनलाई उत्तरी म्यान्मारको एउटा सहरमा सरकारी पक्षले पाँच दिन अघि पक्राउ गरेको थियो ।

पाँच दिन अघि पक्राउ परेका विश्वकर्माको शव परिवारलाई बुझाइएको छ । उनको शरीरमा जिउभरि घाउ र चोटहरु देखिएका छन् ।

विश्वकर्मा म्यान्मारको उत्तरी प्रान्त शानको मुसे सहरमा सुनको गहना बनाउने काम गर्दै आएका थिए । हाल उनका एक श्रीमती र पाँच छोरा छन् । उक्त शहरमा करिब १०० को सङ्ख्यामा नेपालीभाषी बसोबास गर्दै आएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्