Logo

सुनै सुनको पहाड भेट्टियो, बोरामा सुन भरेर घर लग्दै गाउँलेहरू (भिडियो)



Spread the love

२५ फागुन, एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र कंगोमा एउटा सुनको पहाड फेला परेको छ । केहीदिन अघि उक्त पहाडमा गाउँलेहरू सुन लिनका लागि तछाडमछाड गरिरहेको भिडियोले अहिले सबै अचम्मित भएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा मानिसहरूले माटो पखाल्दै ठूलो परिमाणमा सुन पाइरहेको देख्न सकिन्छ ।

उक्त भिडियो डेमोक्रेटिक रिपब्लिक कंगोको दक्षिणी भूभाग किभू प्रदेशको हो । त्यहाँबाट धेरै गाउँलेहरूले ठूलो मात्रामा सुनहरू लगेको देख्न सकिन्छ ।

अनधिकृत रूपमा गाउँलेहरूले जथाभावी रूपमा सुन उत्खनन् र संकलन गर्न थालेपछि त्यहाँका अधिकारीहरूले उक्त ठाउँमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

यो समाचारको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यही समाचारसँग सम्बन्धित अर्को भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्