Logo

मन्त्रिपरिषद् बैठक बस्दै



Spread the love

२५ फागुन, काठमाडाैं।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद बोलाएका हुन्।

सर्वोच्च अदालतले  नेपाल कम्युनिष्ट पार्टीको एकीकरण खारेज गरिदिएर पहिलाका नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो।

बैठकका एजेण्डाबारे भने कुनै जानकारी नभएको बताउँदै भन्दै एक मन्त्रीले सरकारको आगामी रणनीतिबारे छलफल हुन सक्ने बताए। सर्वोच्चको फैसला लगत्तै प्रधानमन्त्री ओलीले आफू पक्षीय संसदीय दलको बैठक डाकेर माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिने बताएका थिए। 

आइतबारको संसद बैठकमा एउटा अध्यादेश पेस भए पनि बैठक अवरूद्ध भएपछि प्रक्रिया अघि बढ्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्