Logo

रणबीरपछि सञ्जय लीला भंसाली कोरोना पोजेटिभ



Spread the love

मुम्बई । बलिउड अभिनेता रणबीर कपुर कोरोना पोजेटिभ भएपछि अब निर्माता–निर्देशक सञ्जय लीला भंसालीलाई कोरोना पोजेटिभ देखिएको छ ।

सञ्जय यतिबेला सेल्फ आइसोलेशनमा छन् । फिल्म गंगूबाई काठियावाडीको सुटिङका बेला सञ्जय लीला भंसाली कोरोनाभाइरसद्वारा ग्रसित भएका हुन् । हाल फिल्मको सुटिङ रोकिएको छ ।

भन्सालीलाई कोरोना संक्रमण भएसँगै चलचित्र ‘गंगुबाई कठियावाडी’को छायांकन स्थगित भएको छ । मुम्बईको फिल्म सिटीमा अभिनेत्री आलिया भट्ट र अभिनेता अजय देवगनसँग यस चलचित्रको छायांकनमा रहेका उनी अहिले ‘सेल्फ क्वारेन्टिन’मा छन् ।

रणवीर अहिले क्वारेन्टिनमा छन् । उनी कहाँ–कसरी कोरोना संक्रमित भए भन्ने खुलाइएको छैन । तर, उनी पछिल्लो समय चलचित्रको छायांकनका क्रममा धेरै मानिससँग भेटघाटमा थिए ।

प्रतिक्रिया दिनुहोस्