Logo

उडिरहेको प्लेनमा पाइलट र कर्मचारीबिच कुटाकुट, पाइलटको दाँत झर्दा कर्मचारीको हात भाँच्चियो



Spread the love

२५ फागुन, एजेन्सी । उडिरहेको एउटा विमानमा भएको कुटाकुटले यतिबेला धेरैलाई आश्चर्यमा पारेको छ । चीनको दोङहाई एयरलाइन्सका पाइलट र फ्लाइट एटेन्डेन्टबीच प्लेनमै कुटाकुट भएको हो ।

यो घटना गत जनवरी २० तारिखको भएता पनि कम्पनि अनुसन्धान सकेर भर्खर जानकारी दिएको हो । उक्त प्लेनमा भएको कुटाकुटमा पाइलटको दाँत झरेको र फ्लाइट एटेन्डेन्टको हात भाँच्चिएको चिनियाँ सञ्चार माधइमहरूले उल्लेख गरेका छन् ।

उडिरहेको प्लेन ल्याण्ड हुनुभन्दा करीब ५० मिनेटअघि पाइलट र फ्लाइट एजेन्टबीच कुटाकुट भएको बताइएको छ ।

नानतोङदेखि सियानका लागि उडिरहेको फ्लाइट नम्बर डीजेट६२९७ को विमान झगडा भएको हो । फाइलटले फ्लाइट एटेन्डेन्टले राम्रोसँग काम नगरेको भन्दै थर्काउन खोजेपछि उत्पन्न भएको विवाद झगडामा परिणत भएको हो ।

अहिले २ जनालाई नै कम्पनीले निलम्बन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्