Logo

मन नलाग्दा पनि स्कुल पठाउन खोजेपछि युवकले बन्चरो प्रहार गरी बहिनी, बुबा र आमाको हत्या गरे



Spread the love

२५ फागुन, एजेन्सी । स्कुल पठाएको भन्दै एक जना युवकले आफ्नै बहिनी, बुबा र आमाको हत्या गरेका छन् । उनले मन नलाग्दा पनि स्कुल जान कर गरेको भन्दै परिवारका ३ जनाको बञ्चरो प्रहार गरी हत्या गरेका हुन् ।

१७ वर्षका भादिम गर्बोनबले आमा, १२ वर्षकी बहिनी र उनका बुबाको बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । उनले स्कुल नजाने विषयमा ठूलै विवाद सिर्जना गरेका थिए ।

प्रहरीका अनुसार ती युवकले ४० वर्षीय बुबाको हत्या गरेपछि अनुहार पूर्ण रूपमा विक्षिप्त बनाएका थिए । उनले प्रहरीहरूलाई अलमलमा पार्न त्यसो गरेको खुलेको छ । तर, फरेन्सिक परीक्षणपछि मृत व्यक्ति गर्बोनबकै बुबा भएको खुलेको हो ।

उनकी आमा गुल्या गर्बोनब र १२ वर्षकी बहिनी युलिया रसियाको अक्टाब्रिस्कीमा रहेको घरमा नै मृत अवस्थामा फेला परेका थिए ।

हत्या गर्ने युवक हत्या गरिएको ठाउँभन्दा करीब २२५ माइल टाढाबाट पक्राउ परेका थिए । भादिमले सबै जनाको हत्या गरेको स्वीकारी सकेका छन् । उनले आफुलाई स्कुल जान मन नलाग्दा पनि पठाउन खोजेपछि सबैको हत्या गरेको बयान दिएको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्