Logo

अस्ट्रेलियन प्रधानमन्त्रीसँग अमेरिकी उपराष्ट्रपतिको संवाद



Spread the love

वाशिङ्टन । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले मंगलबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसँग संवाद गरेकी छन् ।

उनले जलवायु परिवर्तन, म्यानमारमा देखिएको प्रजातन्त्रमाथिको आक्रमण, चीनका चुनौतीलगायतका विषयमा छलफल भएको बताइएको छ । ह्वाइट हाउसले जारी गरेको विज्ञप्ति अनुसार उपराष्ट्रपति ह्यारिसले इन्डो-प्यासेफिक क्षेत्रमा चीनविरुद्ध सहकार्य गर्न आग्रह गरेकी छन् ।

दुबै नेताहरूले अमेरिका-अष्ट्रेलिया गठबन्धनको मजबुत सम्बन्धलाई थप सुदृढ बनाउन प्रतिबद्ध भएका छन् । “उपराष्ट्रपति र प्रधानमन्त्रीले जलवायु परिवर्तन, चीन, म्यानमार र अन्य क्षेत्रीय मुद्दाहरुबाट उत्पन्‍न वैदेशिक र क्षेत्रीय चुनौतीहरुमा थप सहयोगका अवसरहरुबारे छलफल गर्नुभएको छ,” ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दुबै नेताहरूले भारत-प्रशान्त क्षेत्रमा अझ बढी सहयोग गर्ने प्रतिबद्धता पनि गरेका छन् । “उनीहरु अन्य सहयोगीहरु र साझेदारहरुसंग मिलेर काम गर्ने र महामारीबाट ग्रस्त भनेको आर्थिक क्षेत्रको सुधारलाई बढावा दिने सहमत भएका छन् ।

विश्वव्यापी लोकतान्त्रिक मूल्यहरुलाई अगाडि बढाउने कुरामा पनि उनीहरु सहमत भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्