Logo

कार्यकर्ताले राखे सुँगुर र कुकुरको घाटीमा भीम रावल र लेखराज भट्टको नेम प्लेट



Spread the love
फोटो : सुदुरपत्रबाट

२७ फागुन, धनगढी । सुदुरपश्चिममा नेकपाका कार्यकर्ताहरू विवादको तल्लो तहमा उत्रिएका छन् । एमालेमा ओली पक्ष र माधव नेपाल पक्षमा भएको विवादमा कार्यकर्ताहरूले झन चर्को रूपमा उत्रिएका छन् ।

यसैबीच कैलालीमा एउटा सुँगुरको घाँटीमा सुदुर पश्चिमका एमालेका इन्चार्ज भीम रावलको नेम प्लेट टासिएको पाइएको छ । कैलालीको अत्तरीयामा उक्त दृश्ष देखिएको हो ।

फोटो : सुदुरपत्रबाट

त्यस्तै, बुधबार नै धनगढीमा एमालेका अर्का नेता तथा उद्योग मन्त्री लेखरा भट्टको नाम लेखिएको कार्ड कुकुरको घाँटीमा झुण्ड्याइएको फेला परेको छ ।

बुधबार धनगढीमा पार्टीको कार्यालयमा बोर्ड राख्ने निहुमा ओली पक्ष र माधव नेपाल पक्षका कार्यकर्ता बीच झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्