Logo

ओलीले बोलाए बालुवाटार जसपाका शीर्ष ५ नेतालाई



Spread the love

२७ फागुन, काठमाडौं । सत्ता समीकरणबारे दलहरुबीच छलफल चलिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेतालाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई मान्यता नदिएपछि बन्न लागेको नयाँ सत्ता समीकरणबारे छलफल गर्न जसपाका शीर्ष नेताहरुको बैठक बसेको हो।

अपराह्न ५ बजे जसपाका शीर्ष नेताहरु प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाने भएका हुन् । जसपा नेपालका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई बालुवाटार जाने भएका हुन् ।

यसैगरी बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतोसँग गठबन्धनलाई लिएर वार्ता भएको थियो । त्यसअघि एमालेसँग पनि जसपा नेताहरुको वार्ता भएको थियो ।

तर, सत्ता समीकरणलाई लिएर एमाले र माओवादी केन्द्रको तानातानमा परेको जसपा भने आफैं अन्तरकलहमा फसेको छ । पूर्व राजपा नेताहरू एमालेलाई समर्थन गर्ने पक्षमा छन् भने समाजवादी पार्टी ओली नेतृत्वको सरकारसँग सहकार्य गर्न नहुने अडानमा छन् । त्यसकारण जसपाका शीर्ष नेताबीचको बैठकलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्