Logo

आकस्मिक रुपमा बोलाईयो नेपाल समूह स्थायी कमिटी बैठक



Spread the love

२८ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्दै महाधिवेशनको मिति तोकेपछि माधव- झलनाथ समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् ।

‘केही सदस्यहरू जुटिसक्नुभएको छ । योगेश भट्टराई र घनश्याम भुसाल उपत्यकाबाहिरबाट आउँदै हुनुहुन्छ । उहाँहरू आएपछि बैठक बस्नेछ,’ नेपालको सचिवालयले जानकारी दियो ।

भर्खरै नयाँ बानेश्वरस्थित अर्याल होटलमा नेपाल पक्षीय स्थायी कमिटी सदस्यको बैठक सुरु भएको हो । अध्यक्ष ओलीले शुक्रबार बालुवाटारमा आफ्नो समूहको केन्द्रीय कमिटी बैठक राखेर नवौं महाधिवेशनको कार्यसमिति पुनर्गठन गरेपछि नेपाल समूह आक्रोशित बनेको हो । 

शुक्रबार अध्यक्ष ओलीले महासचिवबाहेकका पदाधिकारीहरु हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्