Logo

आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ



Spread the love

२९ फागुन, बझाङ । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुङगल नगरपालिकाका  ४४ वर्षीया पुरुष  रहेका छन् । फागुन २२ गते राति आफ्नै कोठामा सुतिरहेकी १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा आरोपीलाई वित्थडचिर गाउँपालिकाको देउलेखबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आरोपलाई फागुन २७ गते विथ्थडचिर गाउँपालिकाबाट पक्राउ गरिएको हो । प्रहरीले थप अनुसन्धानका लागि जिल्ला अदालत बझाङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरी प्रमुख खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्