Logo

सिरहामा बम पड्काउने पार्टीले भन्यो-‘अझै ठूलो कारबाही गर्छाैँ’



Spread the love

१ चैत, काठमाडाैँ । सिरहाको लहानस्थित मालपोतमा भएको बम विष्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।

मोर्चाका महासचिव जयकृष्ण गोइतले एक विज्ञप्ती जारी गर्दै उक्त घटनाको जिम्मेवारी आफ्नो पार्टीले लिएको प्रष्ट पारेका हुन् ।

उनले जारी विज्ञप्तीमा नेपालको तराइ स्वतन्त्र राष्ट्र हुनु पर्ने माग समेत गरिएको छ । तराइमा नेपाल सरकारले शासन गर्दा भ्रष्टाचारको अवस्था कहाली लाग्दो भएको बताउँदै यो क्रम अन्त्य नभए अझै ठूलो कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

आज सिरहाको लहानमा अवस्थित मालपोत कार्यालयमा दिउसो बम विष्फोट हुँदा ८ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्