Logo

होसियार ! भुलेर पनि यी ७ व्यक्तिले नखानुहोस् अनार !



Spread the love

एजेन्सी । हरेक फलफुल खानु स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ। विभिन्न फलफुलको सेवनले स्वस्थ्यलाई विभिन्न लाभ पु-याईरहेको हुन्छ । तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ।

अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ । अनारमा फाइबर, भिटामिन ए, भिटामिन सि, भिटामिन के, फोलिक एसिड र एन्टिअक्सिडेन्ट भरपुर हुन्छ । अनार स्वास्थ्यका लागि मात्र नभई सौन्दर्यका लागि पनि उतिकै फाइदाजनक छ ।

अनारको नियमित सेवनले मानिसमा यौन क्षमतामा वृद्धि हुने, स्मरण शक्ति बढाउने, हड्डी मजबुत बनाउने तथा सरीरको दुखाई कम गर्ने बताइन्छ । तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुदैन। स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ।

दम रोगी
दम रोगीले अनार खादा दम झन् बढ्ने हुदा दम रोगीले अनार खानु हुदैन ।

मधुमेह रोगी
अनार खानाले सुगरको मात्रा बढ्ने हुदा मधुमेह रोगीले अनार खानु हुदैन ।

प्रेसर लो हुने व्यक्ति
अनारमा पाइने एंटीऑक्सीडेंट्सका कारण प्रेसर लो हुने हुँदा प्रेसर लो हुने ब्यक्तिले अनार खानु हुदैन ।

कलेजोमा समस्या भएका व्यक्ति
अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर पुर्याउने हुनाले कलेजोमा समस्या भएका व्यक्तिले अनार खानु हुदैन ।

कब्जियत
अनारमा फाईबर्सको मात्रा अधिक हुने हुदा कब्जियत र पेटमा ग्यास बढाउछ । त्यसैले अनार खानु हुदैन ।

औषधि लिइरहेको व्यक्ति
यदि तपाई बल्ड प्रेसर वा कोलेस्ट्रोल कम गर्ने औषधि लिनु हुन्छ भने अनार खानु हुदैन । अनार खादा औषधिले काम गर्दैन ।

तौल घटाउन चाहने व्यक्ति
तौल घटाउन चाहने व्यक्तिले अनार नखानु राम्रो मानिन्छ । किनभने अनार खादा तौल घट्नुको साटो उल्टो बढ्न थाल्छ ।

प्रतिक्रिया दिनुहोस्