Logo

दशरथ रंगशालामा हुने ‘त्रिदेशीय कप २०२१’ को खेल तालिका सार्वजनिक



Spread the love

३ चैत, काठमाडाैँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालमा हुने त्रिदेशीय फुटबल कप २०२१ को खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा खेल तालिका सार्वजनिक गरेको हो ।

एन्फाले सार्वजनिक गरेको तालिका अनुसार यो प्रतियोगिता मार्च २३ तारिखबाट सुरू हुनेछ । प्रतियोगिताको पहिलो खेलमा किर्जिस्तान ओलम्पिक टिम र बंगलादेश भिड्नेछन् । त्यसैगरी प्रतियोगिताको दोश्रो खेलमा २५ तारिखमा नेपालले किर्जिस्तानको समना गर्नेछ ।

त्यसैगरी, मार्च २७ तारिखमा नेपालले बंगलादेशको सामना गर्नेछ भने तीन खेलमध्ये पहिलो र दोश्रो स्थानमा रहने टोलीले २९ तारिखमा फाइनल खेल खेल्नेछन् ।

काठमाडाैँको दशरथ रंगशालामा हुने सबै खेल नेपाली समय अनुसार साँझ साढे ५ बजेबाट सुरू हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्