Logo

लिंगमा कोकिन छर्किएर याैन सम्पर्क गर्दा प्रेमिकाको मृत्यु



Spread the love

४ चैत, एजेन्सी । याैन सम्बन्धका क्रममा आफ्नो लिंगमा कोकिन छर्किएर प्रेमीकाको हत्या गरेको आरोपमा जेलमा परेका डाक्टरलाई क्षतिपूर्ति तिर्न आदेश दिइएको छ ।

सन् २०१९ मा गम्भीर हत्याको आरोप लागेका ४५ वर्षीय सर्जन डाक्टर आन्द्रेश डेभिड नाइडरबिच्लरलाई ९ वर्षको जेल सजाय सुनाइएको थियो । अब उनले मृतक महिलाका पति र छोरालाई २५ हजार पाउण्ड क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।

डेभिड महिलालाई बलात्कार तथा शारीरिक हानी गरेको मुद्दामा दोषी ठहरिएका थिए ।

३८ वर्षीया विवाहित महिला वोन्ने ती डाक्टरसँग प्रेम सम्बन्धमा थिइन् । एक दिन याैन सम्बन्धको दिन डाक्टर डेभिडले लिंगमा कोकिन छर्किएपछि ओभरडोजका कारण उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

जर्मनीको एक अस्पतालमा डेभिडकी प्रेमिकाको मृत्यु भएको थियो ।

डेभिडले प्रहरीसमक्ष दिएको बयान अनुसार उनीहरूले याैन सम्बन्धका क्रममा पहिलोपटक कोकिन प्रयोग गरेका थिए ।

उनै डाक्डरमाथि सन् २०१५ देखि २०१८ को बीचमा कोकिन प्रयोग गरेर अन्य तीन जना महिलालाई दुर्व्यवहार गरेको समेत पुष्टि भएको छ ।

स्रोत : मेट्रो डट युके

प्रतिक्रिया दिनुहोस्